काठमाडौँ । सरकारले सहसचिव सुमनराज अर्याललाई सचिवमा बढुवा गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राष्ट्रिय योजना आयोगका सहसचिव अर्याललाई विशिष्ट श्रेणीमा बढुवा गरेको एक मन्त्रीले प्रशासनलाई बताए ।
सम्बन्धित समाचार : मन्त्रिपरिषद् बैठक बस्दै, सचिव बढुवाको निर्णय पनि हुँदै
लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको संयोजकत्वमा बसेको बढुवा समितिको बैठकले प्रशासन समूहको रिक्त सचिवमा बढुवा गर्न सहसचिवत्रय सुमनराज अर्याल, मुकुन्द पौड्याल र दामोदर रेग्मीको नाम सिफारिस गरेको थियो ।
सम्बन्धित समाचार : सचिवका लागि तीन सहसचिवको नाम सिफारिस
हाल उद्योग मन्त्रालयमा सचिव पद रिक्त छ ।







