२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहका न्यायिक समितिलाई प्रशिक्षण

अ+ अ-

खलङ्गा । जुम्लाका स्थानीय तहका न्यायिक समितिलाई कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रशिक्षण दिएको छ । न्यायिक समितिलाई आउनसक्ने कानूनी समस्याबाट सहज बनाउनका लागि सो प्रशिक्षण दिइएको हो ।

स्थानीय सरकारमा उपप्रमुख र उपाध्यक्ष न्यायिक समितिका संयोजक रहने व्यवस्था छ । उनीहरुलाई कानूनी ज्ञानको अभावले न्याय निरुपण गर्न कठिन छ । कानूनी ज्ञानबारे जानकारी होस् भन्नका लागि सो प्रशिक्षण गरिएको हो । यसले काम गर्न सहज बनाउनका लागि मद्दत पुग्ने आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बताए ।

सो ज्ञानले आगामी दिनमा गाउँमा न्याय सम्पादन गर्न राहत पुग्ने मन्त्री भण्डारीले बताउनुभयो । गाउँमा विवाद हुँदा निरुपण गर्ने, मेलमिलापका माध्यमबाट उजुरीउपर छलफल चलाउने काम न्यायिक समितिको हो । सानातिना उजुरीउपर गाउँमै निरुपण गर्न सकियोस् भन्ने हेतुले न्यायिक समितिलाई कानूनी ज्ञान दिन थालिएको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

चन्दननाथ नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक अप्सरादेवी न्यौपानेले गाउँमा आउने सानातिना विवाद सहजैरुपमा निरुपण गर्नसक्ने ऊर्जा प्रशिक्षणले दिएको बताए । आगामी दिनमा गाउँपालिकामै इजलास बनाएर सहजैरुपमा उजुरीउपर कारवाही गर्ने व्यवस्था मिलाउने यहाँका स्थानीय तहका न्यायिक समितिका संयोजक बताउँछन् । जिल्लाका आठवटै स्थानीय तहका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजकको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस