नयाँ मुख्य सचिवमा शंकरदास बैरागी, रेग्मीले दिए राजीनामा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नयाँ मुख्य सचिवमा शंकरदास बैरागी, रेग्मीले दिए राजीनामा


१५ आश्विन २०७७, बिहिबार


काठमाडौँ । सरकारले परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई नयाँ मुख्य सचिव बनाएको छ।

एक मन्त्रीका जानकारी अनुसार बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले बैरागीलाई मुख्य सचिव बनाउने निर्णय गरेको हो ।

यसअघिका मुख्य सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन्। उनले कार्यकाल सकिनु केही दिन बाँकी हुँदा राजीनामा दिएका हुन्।

मुख्य सचिव रेग्मीले कात्तिक ४ गते तीन वर्षे पदावधि पुरा गर्दै थिए । मुख्य सचिवका लागि शंकरदास वैरागी, केदार अधिकारी, मोहनकृष्ण सापकोटालगायत दौडमा थिए।

सम्बन्धित समाचार : बालुवाटारमा मन्त्रिपरिषद् बैठक, मुख्यसचिव नियुक्तिबारे निर्णय हुन सक्ने

सम्बन्धित समाचार : मुख्यसचिवको दावेदारीमा अब घिमिरे र वैरागी

सम्बन्धित समाचार : को बन्ला मुख्यसचिव ?

Tags :
प्रतिक्रिया दिनुहोस