‘अतिक्रमित सार्वजनिक वनको जग्गा फिर्ता गराइने’ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

‘अतिक्रमित सार्वजनिक वनको जग्गा फिर्ता गराइने’


२९ भाद्र २०७७, सोमबार


लोक सेवा

लहान । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सिरहाका विभिन्न स्थानमा अतिक्रमणमा परेको सामुदायिक वनको जग्गा फिर्ता गराउने बताएका छन् ।

सिरहाको गोलबजार नगरपालिकास्थित चोहर्वामा आज आयोजित विभिन्न निकायका प्रमुखसँगको छलफलमा मुख्यमन्त्री राउतले विभिन्न बहानामा अतिक्रमण गरिएको सामुदायिक वनको जग्गा प्रदेश सरकारले फिर्ता गराउने बताए ।

राज्यको सम्पत्ती कसैले पनि अतिक्रमण गर्न नपाउने र प्रदेश सरकार गर्न पनि नदिने उल्लेख गदै मुख्यमन्त्री राउतले विगतमा विभिन्न जालझेल गरी अतिक्रमण गरिएको जग्गा तत्काल अतिक्रमणमुक्त गराउने बताए। अतिक्रमित जग्गा अविलम्ब फिर्ता गराउन निर्देशन दिदै उनले आवश्यक पर्ने हरेक निर्णय गर्न प्रदेश सरकार तयार रहेको जनाए ।

जग्गा फिर्ता मात्र नभई विगतमा जालझेल गरेकामाथि कारवाहीको प्रक्रिया थाल्नसमेत उनले निर्देशन दिए । छलफलमा प्रमुख जिल्ला अधिकारी, वन अधिकृत, मालपोतका प्रमुख, सुरक्षा प्रमुखलगायतको सहभागिता थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस