कञ्चनपुर र दोलखाका सिडिओ गृह तानिए « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कञ्चनपुर र दोलखाका सिडिओ गृह तानिए


१८ भाद्र २०७७, बिहिबार


काठमाडौँ । गृह मन्त्रालयले कञ्चनपुर र दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)लाई गृह मन्त्रालयमा तानेको छ ।

कञ्चनपुरका नूहरही खतिवडा र दोलखाका भीमकान्त शर्मालाई गृह मन्त्रालयमा तानेको गृह उच्च स्रोतले सिँहदरवारस्थित प्रशासन स्रोतलाई जानकारी गरायो ।

मन्त्रालयबाट आज भएको निर्णयअनुसार कञ्चनपुरका सिडिओ खतिवडाको ठाउँमा गृह मन्त्रालयका सहसचिव रामकुमार महतो र दोलखामा रमेश सिवाकोटीलाई नयाँ प्रजिअको जिम्मेवारी दिई पठाएको हो ।

मन्त्रालयले उपसचिव कल्पना नेपाललाई काठमाडौँको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गर्ने निर्णयसमेत गरेको छ ।

पछिल्ला केही दिन यता मन्त्रालयले एक–दुई जना गरी सिडिओ फेरबदल गर्दै आएको छ । केही समयपछि नै सार्वजनिक भइहाल्ने सरुवाको निर्णय दिनसमेत आनाकानी गर्ने गृहले के कति कारणले सरुवा गरेको हो भन्ने जानकारी झन् दिने कुरै भएन ।

कोरोना महामारी चलिरहँदा कर्मचारी सरुवाकै कारण पनि सङ्क्रमण फैलिन सक्ने विषयमा चर्चा चलिरहँदा गृह, सामान्य, महालेखालगायत केही मन्त्रालय तथा निकायलाई यसबारे हेक्का राखेको देखिँदैन ।

Tags :
प्रतिक्रिया दिनुहोस