२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिरोले बेनीघाट-आरुघाट सडकखण्ड अवरुद्ध

अ+ अ-

गोरखा । गोरखाको गण्डकी गाउँपालिका–८ मलेओडारमा रहेको बेनीघाट–आरुघाट सडकखण्ड पहिरोले अवरुद्ध भएको छ ।

प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले आज बिहान गएको पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको जानकारी दिए ।

बेनीघाट बजारदेखि करिब एक किलोमिटर पूर्वतर्फ माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएको वडाध्यक्ष रामप्रसाद लामिछानेले बताए । ‘पहिरो फुजेललगायतका क्षेत्रबाट आएका र बेनीघाट हुँदै उक्त सडकखण्ड भएर चल्ने सवारी साधन रोकिएका छन्’, उनले भने, ‘पहिरो हटाउनका लागि उपकरण खोज्ने काम भइरहेको छ ।’

पहिरो ठूलो भएकाले तत्काल हटाउन सक्ने सम्भावना भने नहेको उनको भनाइ छ । ‘दिनभरि मेशिन लगाउन सकियो भने हटाउन सकिन्छ भन्ने छ’, उनले भने, केही दिनअघि मात्र सोही ठाउँमा गएको पहिरो हटाइएको थियो, फेरि आज पनि पहिरो खसेछ ।’

झण्डै ७० मिटरमाथिबाट खसेको ठूलो पहिराले सडक पुरेर बूढीगण्डकी नदीमा पुगेको प्रत्यक्षदर्शीको भनाइ छ । ‘ठूलाठूला ढुङगा पनि पहिरोसँगै खसेको छ, सानो मेशिनले ढुङ्गा पहिरो हटाउनेसक्ने सम्भावना छैन’, प्रत्यक्षदर्शी सुजन लामिछानेले भने, ‘पहिरो करिब बिहान साढे १० बजेतिर खसेको हो ।’ पहिरोले सडक अवरुद्ध भएपछि यात्रुहरु बाटोमा नै अलपत्र परेको उनले बताए ।