सप्तरी । मेयर र कर्मचारीमाथि हातपात भएको विरोधमा आज सप्तरीका सबै स्थानीय तह बन्द गरिएका छन् । डाक्नेश्वरी नगरपालिकाका मेयर शिवनारायण साहसहित कर्मचारीमाथि हातपात भएको विरोधमा जिल्ला १८ वटै स्थानीय तह बन्द गरिएका हुन् ।
डाक्नेश्वरी–५ पातोस्थित माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन जाने क्रममा बाटोमै केही उनी माथि मंगलबार हातपात भएको थियो ।
मेयर साहसहित कर्मचारीलाई रोकेर केही व्यक्तिहरुले हातपात गरेको जनाइएको छ ।
मेयर साहले डाक्नेश्वरी नगरपालिका–५ का अमरेन्द्र यादव, अर्जुन यादव, महेश्वरप्रसाद यादव, वडानम्बर ३ बस्ने राजीवकुमार राय, ज्योतिषकुमार राय, वडानम्बर–७ बस्ने गजेन्द्रप्रसाद साहलगायतका व्यक्तिहरुले हातपात गरेको बताएका छन् ।
जिल्ला समन्वय समितिमा बसेको बैठकले बिहीबार जिल्लाका सबै स्थानीय तह बन्द गर्ने र हातपात गर्नेलाई कारबाही प्रकृया अगाडि नबढाइए स्थानीय तह अनिश्चित कालका लागि बन्द गरिने बताइएको छ ।