२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फलफूल उपहार काण्ड : मन्त्री नियुक्त गर्ने प्रधानमन्त्रीले नागरिकसँग मागे क्षमा याचना

अ+ अ-

टोकियो । जापानी प्रधानमन्त्री सिन्जो अबेले मन्त्रीलाई नियुक्त गरेको जिम्मेवारी आफूले लिने बताउँदै जापानी नागरिकसँग क्षमा मागेका छन् ।

जापानका नवनियुक्त व्यापार मन्त्री इसु सुगावारामाथि निर्वाचन कानुन उल्लंघन गरेको आरोप लागेपछि उनले पदबाट राजीनामा दिएसँगै प्रधानमन्त्री अबेले सो कुरा बताएका हुन् ।

सुगावारालाई नियुक्त गरेको जिम्मेवारी आफूले लिने बताउँदै भनेका छन्, ‘म जापानी नागरिकहरूसँग क्षमा चाहन्छु ।’

सुगाराले आफ्नो समस्याका कारण संसद्मा हुने छलफल प्रभावित नहोस् भनेर राजीनामा दिएको बताएका छन्

‘मेरो समस्याका कारण संसद्मा हुने छलफल प्रभावित होस् भन्ने म चाहन्नँ,’ सुगावाराले भने।

व्यापारमन्त्री इसु सुगावाराले टोकियोका आफ्ना मतदातालाई महँगो खरबुजा, सुन्तला तथा गँगटो उपहार दिएका विभिन्न सञ्चारमाध्यमले समाचार सार्वजनिक गरेका थिए ।

उनले एक समर्थकको परिवारलाई समवेदना जनाउन २० हजार जापानी येन प्रस्ताव गरेका बताइएको छ ।

जापानको निर्वाचन कानुनअनुसार कुनै पनि राजनीतिज्ञले आफ्ना मतदातालाई चन्दा तथा उपहार दिन पाउँदैनन् ।

सुगावाराको सहयोगीले एक जना मतदाताको मृत्यु भएपछि उनको परिवारलाई २० हजार जापानी येन दिन खोजेको लेखेपछि यी आरोपहरू सार्वजनिक हुन थालेका थिए । सुगावारामाथि आरोप लगाउँदै जापानी साप्ताहिक पत्रिका शुकान बुनसुनले पहिलो पटक समाचार सार्वजनिक गरेको हो ।

जापानमा मृतकको परिवारलाई पैसा दिनु सामान्य चलन हो । तर पत्रिकाले सुगावाराले पठाएका उपहारका सूची र उनलाई धन्यवाद दिँदै लेखिएका विभिन्न पत्र प्रकाशित गरेको थियो ।

सुगावाराले शुक्रवार आफ्नो कार्यले देशको निर्वाचन कानुन उल्लङ्घन भएरनभएकोबारे अध्ययन गरिरहेको बताएका थिए । यद्यपि, उनले आफूमाथि आरोप लगाइएपछि राजीनामा दिनु उचित भएको बताएका हुन् ।