कर्मचारीको आन्दोलनमा प्रहरी हस्तक्षेप (भिडियोसहित) « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कर्मचारीको आन्दोलनमा प्रहरी हस्तक्षेप (भिडियोसहित)


१३ आश्विन २०७६, सोमबार


काठमाडौँ । कृषि तथा पशु सेवातर्फका एक गाउँ एक प्राविधिक(ओभीओटी) कर्मचारीमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।

चार वर्षदेखि स्थानीय तहमा कार्यरत कृषि र पशुतर्फका तीन हजार कर्मचारीको करारअवधि नथपेपछि राजधानीको माइतिघर मण्डलामा धर्ना दिँदै आएका कर्मचारीमाथि प्रहरीले हस्तक्षेप गरेको हो ।

नेपालीहरुको महान चाड बडा दशैँको अवधिमा जागिर खोसिएपछि गाउँ गाउँबाट काठमाडौँ आई पुगेका प्राविधिक कर्मचारीहरुले एक सातादेखि आन्दोलन गर्दै आएका छन् । २०७२ साल देखी एक गाउँ एक प्राबिधिक रूपमा करारमा कार्यरत कृषि र पशु सेवातर्फ १५–१५ सय गरी तीन हजार कृषि तथा पशु सेवा प्राबिधिकलाई २९ भदौ २०७६ देखि तलब नदिने अर्थ मन्त्रालयको निर्णयसँगै देशभरका कर्मचारी असोज ५ गते देखी आन्दोलन गरिरहेका छन् ।

हेर्नुस् भिडियो:

Tags :
प्रतिक्रिया दिनुहोस