२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा शैलेन्द्र झा नियुक्त

अ+ अ-

काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा, प्रविधि तथा सार्वजनिक नीतिका विज्ञ शैलेन्द्र झालाई मन्त्रालयको सल्लाहकारमा नियुक्त गरेको छ।

शिक्षा प्रणाली सुधार, नीति निर्माण, युवा सशक्तीकरण तथा प्रविधिमैत्री शिक्षाको क्षेत्रमा लामो अनुभव रहेका झाको नियुक्तिलाई मन्त्रालयको नीतिगत तथा संस्थागत सुधारका लागि महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।

झा यसअघि काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगमा शिक्षा, प्रविधि तथा सामाजिक नवप्रवर्तन हेर्ने बोर्ड सदस्यका रूपमा कार्यरत थिए। उक्त जिम्मेवारीमा उनले महानगरको शिक्षा विभाग, सामाजिक विकास विभाग तथा अनुसन्धान र नवप्रवर्तनसम्बन्धी नीति निर्माण, योजना तर्जुमा, स्रोत व्यवस्थापन र अनुगमनको नेतृत्व गरेका थिए।

त्यसअघि उनले ‘टिच फर नेपाल’मा करिब आठ वर्ष सञ्चालन निर्देशक, भर्ती तथा छनोट निर्देशक र भर्ती व्यवस्थापकका रूपमा काम गर्दै संस्थागत रणनीति, मानव स्रोत व्यवस्थापन, शिक्षक छनोट प्रणाली, नेतृत्व विकास, सञ्चार तथा साझेदारी विस्तारलगायत क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएका थिए।

झा बिआइटीएस लिडर इन्टरनेशनल प्रालिका संस्थापक अध्यक्षसमेत हुन्। मन्त्रालयले उनको अनुभव र विज्ञताले शिक्षा तथा खेलकुद क्षेत्रको नीति निर्माण, संस्थागत सुधार तथा नवप्रवर्तनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ।

0 Comments