२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकीकृत विपद् प्रतिकार्य अभ्यास ‘मनसुन-६’ सम्पन्न, कोशी तटीय क्षेत्रमा विपद् तयारी सुदृढ गर्न संयुक्त अभ्यास

अ+ अ-

इटहरी । आगामी वर्षायामलाई लक्षित गर्दै कोशी प्रदेशका मोरङ र सुनसरी जिल्लामा मनसुनजन्य विपद्का जोखिम न्यूनीकरण तथा प्रतिकार्य क्षमतालाई सुदृढ बनाउने उद्देश्यसहित सञ्चालन गरिएको एकीकृत विपद् प्रतिकार्य अभ्यास ‘मनसुन-६’ सम्पन्न भएको छ ।

सुनसरीको रामधुनी नगरपालिका-७ स्थित चौसट्टी बिघा क्षेत्रको रसा ताल परिसरमा बिहीबार पूर्वी पृतना मुख्यालय अन्तर्गत नं. २ बाहिनी अड्डाको आयोजनामा उक्त अभ्यास सम्पन्न भएको हो । कार्यक्रम पूर्वी पृतनापति उपरथी गौरव कुमार के.सी. को प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

अभ्यासमा मोरङ र सुनसरी जिल्लामा तैनाथ नेपाली सेनाका गण तथा गुल्म, सैनिक अस्पताल इटहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, जिल्ला रेडक्रस सोसाइटी तथा अन्य सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

निकटको वर्षायाममा मोरङ र सुनसरीका तटीय क्षेत्रमा सम्भावित मनसुनजन्य विपद्का जोखिम रोकथाम तथा न्यूनीकरणका लागि सुरक्षा निकाय र सम्बन्धित संस्थाबीच समान बुझाइ विकास गर्दै कार्यसम्पादनमा समन्वय र सहजता ल्याउने उद्देश्यले अभ्यास सञ्चालन गरिएको नेपाली सेनाले जनाएको छ ।

अभ्यासका क्रममा नेपाली सेना र अन्य सुरक्षा निकायले संयुक्त रूपमा तीव्र बहावयुक्त नदीमा खोज तथा उद्धार (स्विफ्ट वाटर सर्च एन्ड रेस्क्यु), गोताखोरीमार्फत खोज तथा उद्धार, उच्च डोरीमार्फत उद्धार, भत्किएका संरचनामा खोज तथा उद्धार, आगलागी नियन्त्रण तथा बहुसंख्यक घाइतेको उद्धारसम्बन्धी अनुकरणात्मक विपद् प्रतिकार्य अभ्यास प्रदर्शन गरेका थिए ।

कार्यक्रम अवलोकनका लागि कोशी प्रदेश सुरक्षा समितिका पदाधिकारी, मोरङ र सुनसरी जिल्ला सुरक्षा समितिका प्रतिनिधि, इनरुवा नगरपालिका, रामधुनी नगरपालिका र कोशी गाउँपालिकाका प्रमुखहरू सहभागी थिए । साथै, भगवतीदल गण र शिवदल गणले जेठ १ गतेदेखि ४ गतेसम्म सञ्चालन गरेको मनसुनजन्य विपद् प्रतिकार्य सचेतना कार्यक्रममा सहभागी स्थानीय विद्यालयका करिब १०० विद्यार्थीसमेत कार्यक्रममा उपस्थित थिए ।

समापन मन्तव्यका क्रममा प्रमुख अतिथि उपरथी गौरव कुमार के.सी.ले विपद्का बेला पहिलो २४ घण्टा खोज तथा उद्धारका लागि अत्यन्त महत्वपूर्ण रहने उल्लेख गर्दै स्थानीय तह र समुदायलाई ‘फर्स्ट रेस्पोन्डर’ का रूपमा सचेतना, सीप तथा क्षमता विकास गर्न आवश्यक रहेको बताए । उनले समुदायस्तरमा यस्ता कार्यक्रम विस्तार गर्न सके मानवीय क्षति न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने धारणा राखे ।

अभ्यास तथा उपकरण अवलोकनपछि सहभागी पदाधिकारीहरूले कोशी नदीअन्तर्गत बोराबाँध, राजावास, प्रकाशपुर, अर्ना पोइन्ट तथा कोशी कटान प्रभावित क्षेत्रको स्थलगत निरीक्षणसमेत गरेका थिए ।

0 Comments