२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आकस्मिक समयलाई थप व्यवस्थित बनाइने सभामुखको प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको ‘आकस्मिक समय’ सम्बन्धी व्यवस्थालाई आगामी दिनमा थप व्यवस्थित बनाउने बताएका छन्।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा समसामयिक विषयमा केही सांसदले धारणा राखिसकेपछि शून्य समय प्रारम्भ गर्ने तयारी भइरहेका बेला थप सदस्यहरू बोल्नका लागि उठेका थिए। त्यस क्रममा सभामुख अर्यालले सांसदहरूलाई बस्न आग्रह गर्दै आकस्मिक समयको अभ्यासबारे स्पष्ट पारे।

उनले आकस्मिक समय अघिल्लो बैठक समाप्त भएयता हालको बैठकसम्मको अवधिमा सार्वजनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित र अत्यन्त महत्वपूर्ण घटनाक्रममा धारणा राख्न प्रयोग गरिने संसदीय अभ्यास भएको उल्लेख गरे।

सभामुख अर्यालका अनुसार सांसदहरूले समय मागेका विषय संवेदनशील वा आवश्यक नठहरिएमा सभामुखले बोल्ने अवसर नदिन सक्ने व्यवस्था पनि संसदीय प्रक्रियाभित्र पर्छ।

बैठकका क्रममा राजेन्द्रकुमार राई र बलावती शर्मा लगायतका सदस्यहरूले बोल्न आग्रह गर्दै उभिएपछि सभामुखले निर्धारित सूचीभन्दा बाहिरका केही सांसदलाई पनि आकस्मिक समयमा धारणा राख्ने अवसर दिएका थिए।

संसद्मा आकस्मिक समय, शून्य समय तथा विशेष समयमार्फत समसामयिक विषयमा सरकार र सदनको ध्यानाकर्षण गराउने अभ्यास रहँदै आएको छ।

0 Comments