२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्सामा महिला, बालबालिका र ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको आइजिपी कार्कीद्वारा उद्घाटन

अ+ अ-

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र नवनिर्मित भवनको उद्घाटन गरिएको छ । यो भवनबाट लक्षित वर्गलाई सहज र सरल ढंगले सेवा प्रवाह गर्ने उद्देश्यले निर्माण गरिएको हो । 

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बुधबार एक कार्यक्रमबीच नवनिर्मित भवनको उद्घाटन गर्दै प्रहरीको क्षमता विकासमा पूर्वाधारको महत्त्वपूर्ण भूमिका रहने बताए । “महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रबाट लक्षित समूहलाई सेवा प्रवाह गर्नका लागि छुट्टै भवन हुनु निकै सह्रानीय विषय हो”, उनले भने, “यसले सेवाग्राहीलाई सहज र छिटोछरितो सेवा लिन पनि सहयोगी हुने अपेक्षा राखेको छु ।” 

महानिरीक्षक कार्कीले नेपाल प्रहरीका अझै पनि एक हजार ३५६ वटा अस्थायी चौकीका भवन अपर्याप्त रहेकाले पनि व्यवस्थित गर्न जरुरी रहेको बताए । “सर्वसाधारणले प्रहरीचौकी चाहियो भनेर निकै माग गर्नुहुन्छ । प्रहरीचौकी निर्माणका लागि सहयोगी हात भने अपेक्षित ढंगमा आउन सकिरहनुभएको छैन । जसले गर्दा अधिकांश चौकीमा आधारभूत सेवा सुविधा प्रदान गर्न पनि समस्या भइरहेको छ”, उनले भने । 

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सेवा केन्द्रले लक्षित वर्गलाई सहज र सरल ढंगले सेवा प्रवाह गर्नका लागि अनुरोध गरे । युनाइटेड नेशन्स अफिस फर प्रोजेक्ट सर्भिसअन्तर्गत यो भवन निर्माण गरिएको हो ।

युनाइटेड नेशन्स अफिस फर प्रोजेक्ट सर्भिसका पूर्वाधार म्यानेजर शिशिर उपाध्यायले रू. दुई करोड ४८ लाखको लागतमा भवन तयार पारेर जिल्ला प्रहरी कार्यालय पर्सालाई हस्तान्तरण गरेको बताए । “यो भवनबाट पक्कै पनि लक्षित समूहले सेवा प्राप्त गर्नका लागि सहज हुनेछ”, उनले भने, “यो भवन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री भवन भएकाले पनि सेवा प्रवाहमा सहज हुने आशा र अपेक्षा राखेका छौँ ।” 

भवन भने एक हजार ४०० वर्गफिट क्षेत्रफल रहेको छ । भवन निर्माणको काम भने रोयल कन्स्ट्रक्सन कैलालीले गरेको हो । युनाइटेड नेशन्स अफिस फर प्रोजेक्ट सर्भिस (युएनओपिएस) का अपरेसन कोर्डिनेटर इन्द्र न्यौपानेले युएनओपिएसले १५ जिल्लामा १५ वटा भवन निर्माण गरेको बताए । अहिलेसम्म आठ वटा यस्ता भवनको उद्घाटन भइसकेको छ भने अन्य सात स्थानमा अन्तिम चरणमा पुगेको छ । 

सो कार्यालयले कोशी प्रदेशमा तालिम सेन्टरसमेत निर्माण गरेको जनाएको छ । नेपाल प्रहरी मधेस प्रदेश प्रमुख गोविन्द थपलियाले यस्ता प्रकारका भवनले सेवाग्राहीलाई सहज सेवा प्राप्त गर्न सघाउ पुर्‍याउने बताए ।

0 Comments