२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शाखा अधिकृतविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावेदन 

अ+ अ-

काठमाडौँ । सरकारी कागजातमा विवरण हेरफेर गरी राहदानी जारी गरिएको आरोपसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको सफाइको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ।

आयोगका अनुसार झापास्थित इलाका प्रशासन कार्यालय, गौरीगञ्जका तत्कालीन कार्यालय प्रमुख (शाखा अधिकृत) चूडामणि आपगाईँ लगायत प्रतिवादीविरुद्ध सरकारी अभिलेखमा अनधिकृत रूपमा विवरण परिवर्तन गरी राहदानी जारी गरिएको आरोपमा विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरिएको थियो।

अनुसन्धानका क्रममा नागरिकताको प्रमाणपत्रमा उल्लेख भएको जन्म मितिभन्दा फरक पर्ने गरी राहदानीमा उमेर घटाउने वा बढाउने काम गरिएको तथा त्यसका लागि सरकारी कागजातमा गैर कानुनी रूपमा विवरण थपघट गरिएको आयोगको दाबी थियो।

उक्त कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर ठहर गर्दै आयोगले सजायको मागसहित आरोप पत्र दायर गरेको भए पनि विशेष अदालतले २०८२ फागुन १२ गते प्रतिवादीहरूलाई सफाइ दिएको थियो।

विशेष अदालतको उक्त निर्णयप्रति असहमति जनाउँदै आयोगले बुधबार सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरेको जनाएको छ।

0 Comments