२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसभित्र गुटगत सक्रियता तीव्र, पूर्णबहादुर खड्काले बोलाए जिल्ला सभापतिहरूको भेला

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसभित्र देखिएको आन्तरिक विवादबीच पार्टीका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले छुट्टै सक्रियता अघि बढाएका छन्।

पार्टीको आधिकारिकता सम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा उनले जिल्ला तहका नेतृत्वसँग छलफलका लागि भेला आह्वान गरेका हुन्।

पार्टी स्रोतका अनुसार चैत १९ गते धुम्बराहीस्थित एक पार्टी प्यालेसमा जिल्ला सभापतिहरूको बैठक बस्ने तयारी गरिएको छ। त्यसअघि चैत १७ र १८ गते १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका सदस्यहरूको बैठकसमेत आयोजना गर्ने योजना रहेको जनाइएको छ।

पछिल्लो निर्वाचनमा पार्टीले अपेक्षा अनुसार परिणाम ल्याउन नसकेपछि आन्तरिक असन्तोष बढ्दै गएको छ। सभापति गगन थापाको नेतृत्वमा पार्टी कमजोर प्रदर्शन गरेको भन्दै अर्को पक्षले आलोचना गर्दै समानान्तर गतिविधि विस्तार गरेको देखिन्छ।

यसअघि पनि खड्काको पहलमा डा. शेखर कोइरालालगायत नेताहरू सहभागी हुने छुट्टाछुट्टै बैठकहरू हुँदै आएका थिए। गुटगत सक्रियता बढेपछि पार्टीभित्र अनुशासन कायम गर्ने उद्देश्यले केन्द्रीय अनुशासन समितिले समेत बैठक बोलाएको छ।