काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले सबै कामहरू एकद्वार प्रणालीमार्फत अघि बढाउने निर्णय गरेका छन् । केहीबेर अघि मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले उक्त कुरा बताएका हुन् ।
पदभार ग्रहणपछि उनले भीआईपी लावालस्कर लगाएर जनतालाई दुःख दिने काम गर्न नहुने स्पष्ट पारे । ‘म कम बोल्ने मान्छे हुँ, तर काममा विश्वास गर्छु । हामी जेन जेडको माग अनुसार आएका हौँ । सुशासनविरुद्ध कुनै पनि काम हुन सक्दैन,’ उनले पदभार ग्रहण कार्यक्रममा भने ।
उनले सर्भिस डेलिभरी सम्बन्धी गुनासा आउन नदिन कर्मचारीहरूलाई विशेष रूपमा आग्रह समेत गरेका छन् ।







