२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘हिंसारहित समाजका लागि समन्वित प्रयास आवश्यक’ : मन्त्री श्रेष्ठ

अ+ अ-

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री श्रद्धा श्रेष्ठले महिलामाथि हुने हिंसा न्यूनीकरण गर्दै सुरक्षित र समावेशी समाज निर्माणका लागि सबै सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेको बताएकी छन्।

उनले महिला तथा बालबालिकामाथि हुने दुर्व्यवहार नियन्त्रणसँगै ज्येष्ठ नागरिकका अधिकार सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व भएको उल्लेख गरिन्। विगतका राजनीतिक परिवर्तनले संरचनागत सुधार ल्याए पनि सामाजिक सोच र व्यवहारमा अपेक्षित परिवर्तन आवश्यक रहेकोमा उनले जोड दिइन्।

मन्त्री श्रेष्ठले सडकमा रहेका बालबालिकाको उद्धार तथा पुनः स्थापनाका कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिँदै समाजमा विद्यमान छुवाछूत, अन्धविश्वास तथा कुरीतिविरुद्ध नयाँ सामाजिक अभियान सञ्चालन गर्न आह्वान गरिन्।

कार्यक्रममा मन्त्रालयकी सचिव राधिका अर्याल ले महिला, बालबालिका र ज्येष्ठ नागरिकका अधिकार संरक्षणका लागि आवश्यक नीतिगत सुधार तथा सामाजिक पहललाई मन्त्रालयले निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्। सोही अवसरमा मन्त्री श्रेष्ठको बिदाइ कार्यक्रम समेत सम्पन्न गरिएको थियो।