काठमाडौँ । गुल्मी-२ मा नेकपा एमालेका गोकर्ण विष्टले अग्रता लिएका छन् । मुसिकोट र इश्मा गाउँपालिकाको मतगणना सम्पन्न हुँदासम्म विष्टले ७५५ मतले अग्रता लिएका हुन् ।
पछिल्लो परिणामअनुसार विष्टले सात हजार ११५ मत ल्याएका छन् भने उनलाई पछ्याउँदै रास्वपाका गोविन्द पन्थीले ६ हजार ३६० मत ल्याएका छन् ।
नेपाली काँग्रेसका भुवनप्रसाद श्रेष्ठले पाँच हजार ५९५ मत प्राप्त गरेका छन् ।
क्षेत्र नं. १ मा भने रास्वपाका सागर ढकालले मतान्तर बढाएका छन् । ढकालले १० हजार ९७७ मत ल्याउँदा उनलाई पछ्याउँदै नेपाली काँग्रेसका चन्द्रकान्त भण्डारीले पाँच हजार ४४८ मत ल्याएका छन् । नेकपा एमालेका प्रदीपकुमार ज्ञवालीले चार हजार ३३५ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका सुदर्शन बरालले दुई हजार ७५३ मत ल्याएका छन् ।







