२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वविद्यालयहरूले विश्व बजारमा खरो उत्रिन सक्ने जनशक्ति तयार गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड 

अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयहरूले विश्व बजारमा खरो उत्रिन सक्ने जनशक्ति तयार गर्नुपर्नेमा जोड दिएकी छन् । पोखरा विश्वविद्यालयको शुक्रबार भएको २१ औँ दीक्षान्त समारोहमा उनले विश्वविद्यालयका कार्यक्रमलाई अर्थतन्त्र सुदृढीकरणमा प्रत्यक्ष जोड्नुपर्ने विचार राखेकी हुन् ।

समारोहमा छ हजार छ सय २२ विद्यार्थी दीक्षित भएका छन् । उनले भनिन्, “आर्थिक समृद्धि र मानव कल्याणसँग नजोडिएको ज्ञान वा पाठ्यक्रम सन्दर्भहीन बन्दै जान्छ ।” 

प्रधानमन्त्री कार्कीले दीक्षित हुनुलाई शैक्षिक यात्राको समापन नठानी जीवनको नयाँ र महत्वपूर्ण प्रस्थानविन्दुका रूपमा लिन आग्रह गरिन् । उनले आर्जित ज्ञान, सीप र अनुभव मुलुकको समृद्धि र विकासमा लगाउनसमेत अनुरोध गरेकी छन् । 

विश्वविद्यालयकी कुलपतिसमेत रहेकी प्रधानमन्त्री कार्कीले युवाहरू राजनेता, प्रशासक, नीति निर्माता र समाज रूपान्तरणका अभियन्तासमेत भएको उल्लेख गरिन्। 

परिवर्तनलाई आत्मसात् गर्दै नवप्रवर्तन र उद्यमशीलताको बाटो समात्न उनको आग्रह छ । देशभित्रै अवसर र सम्भावना पहिल्याउन विश्वविद्यालयहरूले समेत सघाउनुपर्ने विचार उनले राखिन्। 

“ठुलो सङ्ख्यामा युवाहरू विदेशतर्फ आकर्षित हुनु हाम्रो साझा चिन्ताको विषय हो,” उनले भनिन्, “यसको कारण र समाधान पनि हामीले नै खोज्नुपर्छ, जसको जिम्मेवारी विश्वविद्यालयहरूको पनि हो ।”

कार्यक्रममा उनले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा सक्रियता र जिम्मेवार भई सहभागी हुनसमेत आग्रह गरिन् । “लोकतन्त्र सुदृढीकरण, सुशासन प्रवर्धन तथा भ्रष्टाचारमुक्त समाज निर्माणका लागि यो निर्वाचन अत्यन्त महत्वपूर्ण अवसर हो,” प्रधानमन्त्री कार्कीले भनिन् । 

दीक्षान्त समारोहमा लैंगीक समानता, महिला अधिकार तथा नीति निर्माणका क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएकी चाँदनी जोशी प्रमुख अतिथि थिइन् । उनले दीक्षान्त विद्यार्थीको जीवनको ऐतिहासिक मोड भएको बताइन् ।