२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गगन थापाको दाबी : ‘देशको नेतृत्वका लागि काँग्रेससँग तयारी र कार्ययोजना छ’ 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले देशको नेतृत्व सम्हाल्ने अवसर पाएमा स्पष्ट कार्यदिशा र योजनासहित अघि बढ्ने बताएका छन्। 

सर्लाहीको धनकौलमा आयोजित कार्यक्रममा उनले काँग्रेसले ‘प्रोजेक्ट गभर्मेन्ट’ नामक अवधारणा अन्तर्गत आगामी पाँच वर्षका प्राथमिकता र कार्यक्रमबारे विस्तृत अध्ययन गरिसकेको जानकारी दिए।

उनका अनुसार नयाँ नेतृत्व र नीति खोज्ने मतदाताका लागि काँग्रेस नै उपयुक्त विकल्प हो। उनले पार्टीले ऐतिहासिक विरासतलाई निरन्तरता दिँदै समकालीन आवश्यकताअनुसार नीतिगत रूपान्तरणसहित अघि बढिरहेको दाबी गरे।

कार्यक्रममा बोल्दै उनले युवापुस्ताको सक्रिय सहभागिता लोकतान्त्रिक अभ्यासका लागि अपरिहार्य भएको उल्लेख गरे। धनकौलमा युवाहरूको उल्लेख्य उपस्थिति देखेर उत्साहित भएको बताउँदै उनले अब देशको भविष्य युवाहरूको काँधमा रहेको धारणा व्यक्त गरे।

मधेस क्षेत्रमा शिक्षा, स्वास्थ्य र सिँचाइका समस्या समाधानलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याउँदै उनले स्थानीय स्तरको आधार सुदृढ नगरी समग्र विकास सम्भव नहुने बताए। त्यसका लागि युवाहरूले परिवार र समुदाय स्तरमा राजनीतिक सचेतना विस्तार गर्न भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।

सभापति थापाले सर्लाहीसहित मधेसका जिल्लाहरूका माग र मुद्दालाई पार्टीको आगामी संकल्पपत्रमा समेट्ने तयारी भइरहेको जानकारी पनि दिए। सो विषयलाई अन्तिम रूप दिन उनी काठमाडौँ फर्किने कार्यक्रम रहेको बताए।

उनले काँग्रेससँग शासन सञ्चालनको अनुभव र ऊर्जा दुवै रहेको उल्लेख गर्दै मतदातासँग देशको नेतृत्व गर्ने जिम्मेवारी दिन आग्रह गरे। पाँच वर्षभित्र सम्पन्न गरिने कामका विषयमा अध्ययन-अनुसन्धानसहित तयारी गरिएको र त्यसलाई कार्यान्वयन गर्ने अधिकार मतदातामा निहित रहेको उनको भनाइ थियो।