२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनावी खर्च व्यवस्थापनमा अनुशासन र पारदर्शितामा जोड दिन उम्मेदवारलाई काँग्रेसको निर्देशन

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले निर्वाचन अभियान सञ्चालनका क्रममा आर्थिक संकलन र खर्च व्यवस्थापनलाई पारदर्शी, संयमित र विधिसम्मत बनाउन आफ्ना उम्मेदवार तथा पार्टी संरचनालाई स्पष्ट निर्देशन दिएको छ।

‘नेपाली काँग्रेस निर्वाचन परिचालन निर्देशिका २०८२’ शीर्षकको ३४ बुँदे परिपत्रमार्फत पार्टीले प्रचार–प्रसारका लागि आवश्यक स्रोत व्यवस्थापन गर्दा स्वेच्छिक सहयोग स्वीकार गर्न सकिने तर कुनै पनि साना वा ठुला व्यवसायीमाथि दबाब सिर्जना गर्न नहुने स्पष्ट पारेको छ। अभियानलाई ‘साझा दायित्व र साझा स्वामित्व’ को अवधारणाअनुसार अघि बढाउन सदस्यहरूको सहभागितामा निश्चित कोष खडा गरी खर्च व्यवस्थापन गर्न, अनावश्यक व्यय नगर्न तथा मतदान सम्पन्न भएको १५ दिनभित्र खर्च विवरण निर्वाचन आयोग मा पेश गर्न निर्देशन दिइएको छ।

पार्टीले पूर्व शिक्षक, पूर्व सैनिक, पूर्व प्रहरी तथा पूर्व कर्मचारीलगायत अवकाश प्राप्त व्यक्तिहरूको अनुभव र क्षमतालाई सामाजिक उपयोगमा ल्याउने रणनीति पनि अघि सारेको छ। निर्वाचन प्रचार अभियानका क्रममा यस्तो समूहसँग समन्वय र परिचालनका लागि प्रत्येक निर्वाचन क्षेत्र, पालिका र वडा तहमा निश्चित संयन्त्र निर्माण गरी सक्रिय रूपमा परिचालन गर्न भनिएको छ।

यसैगरी, विदेशबाट फर्किएका युवाहरूको स्थानीय समाजमा रहेको प्रभाव र सञ्जाललाई ध्यानमा राख्दै उनीहरूलाई पार्टी गतिविधिमा समेट्ने कार्ययोजना कार्यान्वयन गर्न निर्देशन दिइएको छ। विगतमा गठन गरिएको पूर्व आप्रवासी विभागमार्फत स्थानीय तहसम्म समन्वय, सम्पर्क र परिचालन सुदृढ गर्नुपर्ने उल्लेख गरिएको छ।

आन्तरिक मतभेद र असमझदारीलाई निर्वाचन तयारीमा बाधक बन्न नदिन सबै तहका नेता–कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरिएको छ। ‘नवीन काँग्रेस, नयाँ युगको विकल्प’ भन्ने सन्देशलाई मतदातामाझ प्रभावकारी रूपमा प्रस्तुत गर्दै विश्वास निर्माणमा केन्द्रित अभियान सञ्चालन गर्न भनिएको छ।

परिपत्रमार्फत सभापति गगन थापा लाई प्रधानमन्त्री पदका उम्मेदवारका रूपमा अघि सारिएको जानकारी गराइएको छ। साथै, पार्टीको प्रतिज्ञा पत्रमा समेटिएको ‘भिजन १०’ लाई भावी दिशा, दायित्व र लक्ष्यका रूपमा प्रस्तुत गर्दै सोही आधारमा निर्वाचन अभियान केन्द्रित गर्न निर्देशन दिइएको छ।