काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले निवर्तमान सभापति शेरबहादुर देउवालाई निर्वाचन प्रचार-प्रसारमा ल्याउने प्रयास भइरहेको दाबी गरेका छन् ।
बुधबार पत्रकार सम्मेलनमा चालीसेले देउवालगायतका नेतालाई चुनावी प्रचारमा ल्याउने प्रयास भइरहेको बताएका हुन् ।
‘उहाँहरूसँग कुराकानी गर्ने कुरामा सबैजना सहमत छन् । दुईचार दिनदेखि मेहनत भइरहेको छ,’ प्रवक्ता चालिसेले भने, ‘अरू केही नभएपछि तत्काललाई स्टेटमेन्ट (वक्तव्य) निकालौँ, भावनात्मक अपिल गरौँ भन्ने छ ।’
पहिले जेन जेड आन्दोलनपछि निवर्तमान केन्द्रीय समितिमा देउवाले राखेको मन्तव्य जस्तै केही बोलिदिए निर्वाचनमा काँग्रेसका पक्षमा ठुलो वेभ सिर्जना हुने सम्भावना रहेको पनि प्रवक्ता चालिसेले बताएका छन् ।







