काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने घोषणा गरेको छ ।
निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित उत्कृष्ट टिकटक भिडियो बनाउन आह्वान गर्दै आयोगले प्राप्त उत्कृष्ट भिडियोलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
टिकटक भिडियो प्रतियोगितामा सहभागी हुनेले एक मिनेटसम्मको भिडियो बनाएर यही फागुन ३ देखि १७ गतेभित्र पठाइसक्नुपर्ने छ ।
आयोगका अनुसार प्राप्त भिडियोहरूमध्ये सबैभन्दा धेरै भ्युज प्राप्त गर्ने उत्कृष्ट तीन वटा भिडियोलाई जनही ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। साथै विजेता भिडियोलाई प्रमाणपत्रसमेत प्रदान गरिने आयोगले जनाएको छ।








