२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कञ्चनपुर(१) मा पुरानालाई नयाँ उम्मेदवारको चुनौती

अ+ अ-

दोधारा चाँदनी (कञ्चनपुर)। आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लामा चुनावी प्रचारप्रसार बढ्दै गएको छ ।

लामो समयदेखि चुनावी मैदानमा देखिँदै आएका पुराना अनुहारलाई यसपटक नयाँ उम्मेदवारले चुनौती दिने भएका छन् । अहिले उम्मेदवारले घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष संवादमा जोड दिएका छन । पुराना उम्मेदवारले अघिल्लो कार्यकालका उपलब्धिलाई आधार बनाइरहँदा नयाँ उम्मेदवारले परिवर्तन र सुशासनलाई मुख्य एजेन्डा बनाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट पूर्वमन्त्री तारा लामा तामाङ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट पूर्वमन्त्री बीना मगर चुनावी मैदानमा छन् । यस क्षेत्रमा नेपाली कांग्रेसले विद्यार्थी राजनीतिबाट उदाएका युवा नेता गोपीप्रसाद उपाध्यायलाई मैदानमा उतारेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट जनक धामी उम्मेदवार बनेका छन् । उपाध्याय र धामी पहिलो पटक निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन्।

यो क्षेत्रमा २०४८ सालको पहिलो संसदीय निर्वाचनमा नेपाली कांग्रेस, २०५१ मा एमाले, २०५६ को निर्वाचनमा कांग्रेस, २०६४ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी), २०७० मा कांग्रेसका उम्मेदवार विजयी भएका थिए । विगतको परिणामलाई हेर्दा २०४८, २०५६ र २०७० गरी तीन पटक नेपाली कांग्रेसले निर्वाचन जितेको छ । विसं २०६४ र २०७४ मा नेकपा माओवादी केन्द्र रतथा २०५१ र २०७९ को निर्वाचनमा एमाले विजयी भएको थियो ।

विकास र सुशासन मुख्य एजेन्डा

कञ्चनपुर निर्वाचन क्षेत्र नं १ का उम्मेदवारले विकास र सुशासनलाई मुख्य एजेन्डा बनाएका छन् । यस क्षेत्रमा दलहरुलाई पुरानो खास जोगाउनुपर्ने चुनौती छ । यसपटक पुराना अनुहारलाई युवा उम्मेदवारले चुनौती दिने देखिन्छ । यस क्षेत्रको चुनावी इतिहास हेर्दा नेपाली कांग्रेसले तीन पटक, माओवादी केन्द्र र एमालेले दुई/दुई पटक निर्वाचन जितेको छ ।

नेपाली कांग्रेस क्षेत्र नं १ का कार्यवाहक क्षेत्रीय सभापति चेतन राईले पार्टी पुरानो विरासत फर्काउने गरी निर्वाचनमा होमिएको बताउँछन् । “गत भदौमा भएको जेनजी आन्दोलनपछि युवा आउनुपर्छ भन्ने मत बलियो भएकाले पार्टीले पनि यसपटक युवालाई उम्मेदवार बनाएका छौँ”, उनले भने, “हाम्रो उम्मेदवार जनतामाझ लोकप्रिय छन् मतदाताबाट पनि सकारात्मक प्रतिक्रिया पाएका छौँ ।”

विसं २०७९ मा यही क्षेत्रबाट निर्वाचित एमालेकी तामाङले निर्वाचनमा सफलता प्राप्त गर्नेगरी रणनीतिका साथ मैदानमा उत्रिएको बताए । उनले आफू प्रदेश सरकारमा मन्त्री हुँदा र प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदा गरेका विकासका कामका कारण पनि यसपटक जित्ने दाबी गरे ।

नेकपाबाट उम्मेदवार बन्नुभएकी पूर्वमन्त्री मगर पनि विजयी हुने रणनीतिमा छन् । उनले यस क्षेत्रको विकासका लागि आफू निरन्तर लागि रहेको बताउँदै यसपटक पनि आफू निर्वाचित भए विगतका अधुरा काम पूरा गर्ने प्रतिबद्धता जनाए ।

रास्वपाका उम्मेदवार धामी पनि जनतामाझ लोकप्रिय छवि बनाएका व्यक्ति हुन् । उनले आफू जनताको सेवक भएर काम गर्ने बताउँदै यसपटक मत परिवर्तन गर्नुपर्ने धारणा राखे।

कञ्चनपुर निर्वाचन क्षेत्र नं १ मा बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, बेलाडाँडी र लालझाडी गाउँपालिका पर्छन् । यस क्षेत्रमा एक लाख एक हजार ७२४ मतदाता छन् ।