२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कार्कीसमक्ष ओहदाको प्रमाणपत्र पेस

अ+ अ-

काठमाडौँ । नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक (रेजिडेन्ट कोअर्डिनेटर) लिला पिटर्स याहियाले आज प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेकी छन् ।

नवनियुक्त संयोजक याहियाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा प्रधानमन्त्री कार्कीलाई भेटी आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेकी हुन् । राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबाट नियुक्त भएपछि नेपाल सरकारको स्वीकृतिमा याहियाले औपचारिक रूपमा नेपालमा आफ्नो कार्यकाल सुरु गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले नवनियुक्त संयोजक याहियालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिइन् । साथै उनले सुन्दर देश नेपालको बसाइँ सुखद रहने विश्वास पनि व्यक्त गरिन्। प्रधानमन्त्री कार्कीले भेटका अवसरमा गत भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनपछि परिस्थितिलाई सामान्यीकरण गर्दै देशलाई शान्ति तथा  लोकतन्त्रको बाटो हिँडाउन आफ्नो नेतृत्वको सरकार लागिपरेको जानकारी पनि दिइन् । यस क्रममा संयुक्त राष्ट्र संघलगायत अन्तरराष्ट्रिय समुदायबाट प्राप्त साथ, सहयोग र विश्वासका लागि उनले धन्यवाद पनि ज्ञापन गरिन् ।

यो सरकारको मुख्य कार्यादेशमध्ये निर्वाचन सम्पन्न हुने चरणमा पुगेको तथा भदौ २३ र २४ का घटनाको जाँचबुझ आयोगले पनि आफ्नो काम अन्तिम चरणमा पुर्‍याएको जानकारी पनि प्रधानमन्त्री कार्कीले दिइन् ।

“हामी निकै असहज अवस्थामा आएका थियौँ । शान्ति सुव्यवस्था र कानुनको शासन बहालीका निम्ति पहिलो काम गर्‍यौँ । छोटो समयमै हामीले शान्ति बहाल गर्न सफल भयौँ । थप द्वन्द्व चर्किन नदिन निकै सतर्कताका साथ अघि बढ्यौँ । त्यसपछि हामीले शान्तिपूर्ण र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न होस् भनेर सम्पूर्ण शक्तिका साथ काम गरिरहेका छौँ । अब निर्वाचन पनि सम्पन्न हुने चरणमा छ”, प्रधानमन्त्री कार्कीले भनिन्, “संयुक्त राष्ट्र संघलगायत अन्तरराष्ट्रिय समुदायबाट प्राप्त साथ, सहयोग र विश्वासका लागि धन्यवाद छ ।”

प्रधानमन्त्री कार्कीले राष्ट्र संघीय निकायहरूमार्फत नेपालको विकास र मानवीय सहायताका लागि प्राप्त सहयोग तथा साझेदारीका लागि पनि सराहना गरिन्। राष्ट्र संघले आगामी दिनमा नेपालको प्राथमिकता र आवश्यकतामा आधारित आफ्ना कार्यक्रम सञ्चालन तथा सरकारसँग साझेदारी गर्ने उनले विश्वास व्यक्त गरिन् ।

नवनियुक्त संयोजक याहियाले विषम् परिस्थितिमा प्रधानमन्त्री बनेकी कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न हुन गइरहेकामा बधाई दिँदै यस प्रक्रियामा पूर्ण सफलता मिल्ने भन्दै शुभकामना व्यक्त गरिन् ।

“देशका लागि यो महत्त्वपूर्ण समयमा नेपालमा संयुक्त राष्ट्र संघको टोलीको नेतृत्व गर्न पाउनु मेरो लागि सम्मानको कुरा हो । युवाका लागि रोजगारी सिर्जना, शान्ति, समावेशिता तथा जलवायुजस्ता राष्ट्रिय प्राथमिकतामा सहयोग गर्न संयुक्त राष्ट्र संघ पूर्ण रूपमा प्रतिबद्ध छ”, उनले भनिन् ।