काठमाडौँ । बैतडीको पुर्चौडीबाट जन्ती लिएर बझाङ फर्किँदै गरेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा हताहत भएको अपुष्ट खबर छ। बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपक कुमार रायका अनुसार १६ जनाको उद्धार गरिएको छ ।
उनीहरूको नजिकैको स्वास्थ्य संस्थामा उपचार लगिएको छ । पवनदुत यातायातको सुपप्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको डीएसपी रायले बताए ।
रातको समय भएकाले उद्धारमा कठिनाइ भएको डीएसपी रायले बताए । पाटनबाट इन्स्पेक्टर नेतृत्वको टोली घटनास्थल पुग्दै छ । अहिले उद्धारको काम चलिरहेको छ । थप विवरण आउन बाँकी छ ।







