काठमाडौँ । प्रतिकूल मौसमी अवस्थाका कारण शुक्रबार भरतपुर गन्तव्यका सबै हवाई सेवा सञ्चालन हुन सकेनन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार आवश्यक दृश्यता नपुगेकाले भरतपुर विमानस्थलमा उडान तथा अवतरण प्रक्रिया सम्भव नभएको हो। बाक्लो हुस्सु कायम रहेकाले सुरक्षा मापदण्डअनुसार उडान रद्द गर्नुपरेको जनाइएको छ।
यसअघि बिहीबार पनि मौसमको खराब अवस्थाका कारण देशका विभिन्न विमानस्थलमा हवाई सेवा प्रभावित भएको थियो। सम्बन्धित निकायले मौसममा सुधार आएपछि मात्र नियमित उडान सञ्चालन हुने जनाएको छ।







