२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दार्चुला पुगे बालेन, समर्थकको घुइँचो

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह सुदूरपश्चिम केन्द्रित चुनावी कार्यक्रमअन्तर्गत दार्चुला पुगेका छन्। पार्टीको चुनावी गतिविधिलाई लक्षित गरी गरिएको यस भ्रमणका क्रममा उनी बुधबार अपराह्न दार्चुलाको गोकुलेश्वर पुगेका हुन्।

गोकुलेश्वरमा साहले पार्टीका स्थानीय नेता तथा कार्यकर्तासँग भेटघाट गर्दै आगामी निर्वाचनका तयारीबारे छलफल गरेका छन्। सो अवसरमा उनले दार्चुलाबाट पार्टीका उम्मेदवार राजेशसिंह सामन्तसँग चुनावी रणनीति र संगठनात्मक विषयमा संवाद गरेको जनाइएको छ।

साहको आगमनका बेला गोकुलेश्वर क्षेत्रमा सर्वसाधारणको उल्लेख्य उपस्थिति देखिएको थियो। वरपरका गाउँबस्तीबाट आएका नागरिकहरू उनलाई हेर्न र भेट्न गोकुलेश्वर पुगेका थिए।

रास्वपाका वरिष्ठ नेता साह तीन दिनअघि काठमाडौँबाट पश्चिम तराईतर्फ प्रस्थान गरेका थिए। बर्दियामा विभिन्न भेटघाट सकेपछि उनी सुदूरपश्चिम प्रदेशतर्फ लागेका हुन्। मंगलबार कैलाली र कञ्चनपुरमा आयोजित चुनावी कार्यक्रमहरूमा सहभागी भएका साह बुधबार बिहान कैलालीबाट डडेल्धुरा र बैतडी हुँदै दार्चुला पुगेका थिए।