काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सिन्धुपाल्चोक-१ मा नेता माधव सापकोटा (सुबोध)लाई उम्मेदवार बनाएको छ ।
सापकोटा सिन्धुपाल्चोक-१ कै निवर्तमान सांसद हुन् । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान उनलाई टिकट दिएका हुन् ।
प्रतिनिधि सभाको निर्वाचन २१ फागुनमा हुँदैछ । यही माघ ६ गते मनोनयन दर्ताको कार्यतालिका छ ।







