काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग निमित्त कार्यालय प्रमुख प्रतिवादी रहेको मुद्दाको फैसलाविरुद्ध सर्वोच्च अदालत पुगेको छ ।
सरकारी कागजात सच्याई परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको आरोप लागेका यातायात व्यवस्था कार्यालय धनगढी, कैलालीका तत्कालीन निमित्त कार्यालय प्रमुख लक्ष्मण शाहीविरुद्धको मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गरिएको हो ।










