काठमाडौँ । नेपाली काँग्रेसका दुवै पक्ष निर्वाचन आयोगको गेटबाहिर नाराबाजीमा उत्रिएका छन् ।
पार्टीको आधिकारिकतालाई लिएर दुई पक्ष नाराबाजीमा उत्रिएका हुन् । गगन थापा नेतृत्वको काँग्रेसका कार्यकर्ताहरू दिउँसोदेखि नै आयोग परिसरमा धर्नामा बसिरहेका थिए भने शेरबहादुर देउवा नेतृत्वको काँग्रेसका कार्यकर्ताहरू केहीबेरअघि मात्रै निर्वाचन आयोग परिसर पुगेर धर्ना दिएका हुन् ।
देउवा नेतृत्वको काँग्रेसको तर्फबाट तरुण दल अध्यक्ष विद्वान गुरुङसहित युवाहरू निर्वाचन कार्यालयअगाडि धर्ना दिँदै नाराबाजी गरिरहेका छन् ।







