२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लाङटाङ खोलामा जलविद्युत परीक्षण हुने

अ+ अ-

काठमाडौँ । गोसाईकुण्ड गाउँपालिका-५, स्याफ्रुबेसीमा मल्टी इनर्जी डेभलपमेन्ट प्रालिद्वारा निर्माण भएको २० मेगावाट क्षमताको   लाङटाङ खोला जलविद्युत आयोजनामा आइतबार प्राविधिक परीक्षण कार्य सुरु हुने भएको छ।

आयोजनाको बाँधस्थलको सफल परीक्षणपछि बालुवा थिग्राउने पोखरी, सुरुङ, पेन्स्टक लगायत आयोजनाअन्तर्गत निर्माण भएका संरचना तथा उपकरणहरूको चरणबद्ध प्राविधिक परीक्षण पुस २७ गतेदेखि सुरु भई परीक्षण सम्पन्न नहुँदासम्म निरन्तर जारी रहने आयोजनाले जनाएको छ।

आयोजना निमित्त प्रमुख नारायण सुवेदीका अनुसार प्राविधिक परीक्षणका क्रममा बाँधस्थलमा रहेका गेट तथा विद्युतगृहका उपकरणहरू समय–समयमा खोल्ने र बन्द गर्ने कार्य गरिने भएकाले कहिलेकाहीँ एकै पटक ठुलो मात्रामा पानी छोड्नुपर्ने अवस्था आउन सक्ने बताए। यसका कारण बाँधस्थलभन्दा तल्लो तटीय क्षेत्रमा लाङटाङ खोलाको बहाव असामान्य रूपमा परिवर्तन हुन सक्ने भएकाले नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आयोजना कार्यालयले आग्रह गरेको छ।

यस अवधिमा नदी क्षेत्रमा आवतजावत गर्ने, पौडी खेल्ने, माछा मार्ने, नुहाउने, लुगा धुने, बस्तुभाउ चराउने तथा नदीजन्य सामग्री उत्खनन जस्ता गतिविधिहरू अत्यन्त जोखिमपूर्ण हुने भन्दै सर्वसाधारणलाई नदी क्षेत्रभित्र प्रवेश नगर्न तथा नगराउन अनुरोध गरिएको छ।

साथै, परीक्षण अवधिमा कुनै असामान्य अवस्था वा सम्भावित जोखिम देखिएमा तत्काल आयोजना कार्यालय वा नजिकको प्रहरी चौकीमा जानकारी गराउन आयोजनाले आग्रह गरेको छ। यो आयोजना २०७७ सालदेखि सुरु भएको हो।