२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२८ औँ भूकम्प दिवस मनाइने

अ+ अ-

काठमाडौँ । सरकारले २८ औँ भूकम्प सुरक्षा दिवस मनाउने भएको छ । आगामी माघ २ गते ‘सबै तहका सरकार, सबै नागरिकको तयारी, भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ भन्ने नाराका साथ भूकम्प सुरक्षा दिवस मनाउन लागिएको हो ।

वि.सं. १९९० साल माघ २ गतेका दिन २ बजेर २४ मिनेट जाँदा गएको महाभूकम्पको स्मृतिमा गृह मन्त्रालयको संयोजकत्वमा २०५५ सालदेखि हरेक वर्ष माघ २ गतेका दिनलाई भूकम्प सुरक्षा दिवसको रूपमा मनाइँदै आइएको छ ।

सहरी विकास तथा भवन निर्माण विभागले सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतका कार्यालयहरूलाई यो दिवसको अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरी २८ औँ भूकम्प सुरक्षा दिवस मनाउन निर्देशन जारी भइसकेको जानकारी दिएको छ ।

‘सबै तहका सरकार, सबै नागरिकको तयारी भूकम्प उत्थानशील नेपाल, अबको जिम्मेवारी’ भन्ने मूल नाराका साथ देशव्यापी रूपमा विविध कार्यक्रमहरू सञ्चालन गरी २८ औँ भूकम्प सुरक्षा दिवस देशैभर मनाउने कार्यक्रम रहेको छ । यस दिवसको मूल समारोहको कार्यक्रम काठमाडौँ महानगरपालिका स्थित खुल्ला मञ्चमा आयोजना गरिनेछ,’ उनले भने, ‘यस दिन वसन्तपुर क्षेत्रमा विभिन्न संस्थाहरूले लामबद्ध भई भूकम्प सुरक्षा र्‍यालीमा भाग लिनेछन् । वसन्तपुर बाट सुरु भएर उक्त र्‍याली आकाश भैरव, इन्द्रचोक, असन, भोटाहिटी हुँदै कार्यक्रम स्थल खुल्ला मञ्चमा आइपुग्नेछ । र्‍याली पश्चात् प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा मूल समारोह समितिको कार्यक्रम आयोजना गरिनेछ ।’

भूकम्प सुरक्षा दिवसका बारेमा जानकारी दिन सोमबार विभागमा आयोजना गरिएको पत्रकार सम्मेलनमा महानिर्देशक रवीन्द्र बोहराले देशव्यापी रूपमा विविध कार्यक्रमहरू सञ्चालन गरी २८ औँ भूकम्प सुरक्षा दिवस मनाउने कार्यक्रम रहेको बताए ।

महानिर्देशक बोहराले विपद्का बेला जनधनको क्षति मुख्य रूपमा कमजोर घर वा संरचना भत्केर हुने गरेको बताए ।

उनका भूकम्प पश्चातको सम्भाव्य अवस्थालाई पूर्व आकलन गरी प्रभावकारी र द्रुत खोज तथा उद्धार, सीपयुक्त र तालिम प्राप्त उद्धारक एवं तत्काल राहतको आवश्यकतालाई समेत तयारी अवस्थामा राख्नु पनि उत्तिकै जरुरी रहेको छ ।