काठमाडौँ । गिरिराज केसी नेतृत्वको स्वतन्त्र वाम समूह नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ।
काठमाडौँमा एक कार्यक्रम गरेर संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधव नेपाल, पार्टी नेता नारायणकाजी श्रेष्ठले खादामाला लगाई स्वागत गरेका हुन्।
समाहित हुनेहरूमा गिरिराज केसी (एमालेबाट प्रदेश सभाको उम्मेदवार), ध्रुव आचार्य, कालुराम चौधरी, दुर्गादत्त शर्मा, दामोदर अधिकारी (पूर्व मेयर, घोराही नगरपालिका) आर. डी यादव, पीताम्बर आचार्यलगायत छन्।
दाङ लगायतका जिल्लाहरूमा क्रियाशील नेताहरूलाई काठमाडौँमा र बाँकी कार्यकर्ताहरूलाई जिल्लामा आयोजित कार्यक्रममा स्वागत गरिने बताइएको छ।







