२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधि सभा चुनावका लागि एमालेबाट चितवन-३ मा शंकर थपलिया सिफारिस

अ+ अ-

काठमाडौँ। आगामी २१ फागुनमा हुने निर्वाचनका लागि नेकपा एमालेले चितवन क्षेत्र नं. ३ मा शंकर थपलियालाई उम्मेदवार बनाउने भएको छ ।

एमाले भरतपुर महानगर कमिटीका अध्यक्षसमेत रहेका थपलियालाई चितवन-३ बाट एकल उम्मेदवार सिफारिस गरिएको क्षेत्रीय अध्यक्ष सुदीप रेग्मीले जानकारी दिए ।

क्षेत्रबाट सिफारिस भएर आएका थपलियालाई जिल्ला कमिटीले पनि सर्वसम्मत रूपमा प्रदेश कमिटीमा सिफारिस गरेको जिल्ला सचिव प्रकाश ढुंगानाले जानकारी दिए ।

थपलिया एमाले भरतपुरको दोस्रो कार्यकालका अध्यक्ष हुन् । उनी पटिहानी पर्यटन विकास समितिका अध्यक्षसमेत भैसकेका व्यक्ति हुन् ।

भरतपुर महानगरपालिका-२२ पटिहानी घर भएका थपलियासँगै केन्द्रीय सदस्य पार्वती रावल, क्षेत्रीय अध्यक्ष सुदीप रेग्मी लगायतको नाम उम्मेदवारका रूपमा चर्चामा थियो ।

तर, थपलियाको नाममा सबैले सर्वसम्मति गरेका हुन् । भरतपुर महानगरपालिकाका १९ वटा वडा र माडी नगरपालिका चितवन निर्वाचन क्षेत्र नं. ३ मा पर्दछ ।

चितवन–३ बाट आगामी निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीबाट भरतपुर महानगर प्रमुख रेनु दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतम र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उपाध्यक्ष विक्रम पाण्डे चुनाव लड्ने चर्चा छ । पाण्डेले २०७९ को निर्वाचन यहीँ क्षेत्रबाट जितेका थिए ।

यसअघि नै एमालेले चितवन क्षेत्र नं. १ मा ६ जनाको नाम सिफारिस गरिसकेको छ । क्षेत्र नम्बर २ मा भने उम्मेदवार टुंगो लगाउन बाँकी छ ।