२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसमा विशेष महाधिवेशन पक्षधरले दिए तयारीलाई तीव्रता, विभिन्न समिति गठन

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले विशेष महाधिवेशनको तयारीलाई तीव्रता दिएको छ । उक्त समूहले विशेष महाधिवेशनका लागि विभिन्न समितिहरू गठन गरेको छ ।

विशेष महाधिवेशन पक्षधरको मंगलबार बसेको बैठकले समितिहरू गठन गरेको नेता मनोजमणि आचार्यले जानकारी दिए ।

‘विभिन्न जिम्मेवारी बाँडफाँट गरेका छौँ,’ उनले भने, ‘आजै पत्रकार ४ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छौँ ।’

विशेष पक्षधर समूहले समिति गठनबारे विस्तृत जानकारी नदिए पनि स्रोतले आवास तथा भोजनालय समितिको जिम्मा काँग्रेस धादिङका पूर्वसभापति रमेश धमलालाई दिइएको छ ।

यस्तै भ्रातृ, शुभेच्छुक युवा परिचालनको जिम्मा केन्द्रीय सदस्य प्रतिमा गौतम र जनपरिचालन समिति संयोजकको जिम्मा नुवाकोट काँग्रेसका पूर्वसभापति जगदीश्वर नरसिंह केसीलाई दिइएको छ ।

स्वयंसेवक परिचालन समितिको जिम्मेवारी मनिष कोइराला र यातायात व्यवस्थापनमा माधव ढकालले पाएका छन् । विशेष पक्षधरले २७–२८ फागुनमा विशेष महाधिवेशन गर्ने तयारीस्वरूप भृकुटीमण्डप बुकिङ गरिसकेका छन् ।