२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्विट्जरल्यान्डको रिसोर्टमा आगलागी हुँदा ४० जनाभन्दा बढीको मृत्यु

अ+ अ-

काठमाडौँ । स्विट्जरल्यान्डको प्रसिद्ध स्की रिपोर्ट सहर क्रान्स-मोन्टानामा नयाँ वर्ष मनाइरहेका बेला एक भिडभाड भएको बारमा आगलागी हुँदा करिब ४० जनाको मृत्यु भएको छ । यस दुर्घटनामा १०० भन्दा बढी व्यक्ति घाइते भएका छन्, जसमा धेरैको अवस्था गम्भीर छ ।

आगलागी बिहीबार बिहान करिब १:३० बजे ‘ले कन्स्टेलेसन’ नामक बारमा भएको हो । आगो फैलिएपछि मानिसहरूले ज्यान बचाउन झ्याल फुटाएर बाहिर निस्कने प्रयास गरेका थिए ।

वालिस क्यान्टनका प्रहरी प्रमुख फ्रेडरिक गिस्लरका अनुसार हालसम्म करिब ४० जनाको मृत्यु र ११५ जना घाइते भएको पुष्टि भएको छ । इटालीका स्विट्जरल्यान्डस्थित राजदूतले मृतक सङ्ख्या ४७ पुगेको बताए का छन्, तर स्विस प्रहरीले अन्तिम सङ्ख्या अझै पुष्टि गर्न बाँकी रहेको जनाएको छ ।

स्विट्जरल्यान्डका राष्ट्रपति गाई पार्मेलिनले यस घटनालाई देशले भोगेको अत्यन्तै दुःखद र गम्भीर त्रासदी भनेका छन् । उनले पाँच दिनसम्म राष्ट्रिय झण्डा अर्धझुकाइने घोषणा गरेका छन्।

प्रारम्भिक अनुसन्धान अनुसार आगलागी कुनै आक्रमणका कारण नभएको प्रहरीले जनाएको छ । केही साक्षीका अनुसार शैम्पेनका बोतलमा प्रयोग गरिएका स्पार्कलर छत नजिक पुगेपछि आगो सल्किएको हुनसक्छ ।

घाइतेहरूलाई स्विट्जरल्यान्डका विभिन्न अस्पताल तथा छिमेकी देशहरूका विशेष उपचार केन्द्रमा सारिएको छ । घटनामा विदेशी नागरिकहरू पनि परेको आशंका गरिएको छ ।

पीडित र उनीहरूका परिवारका लागि सहायता केन्द्र खोलिएको छ । धेरै परिवार अझै आफ्ना आफन्तको खोजीमा रहेका छन् ।