२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

 राहदानी विभागले भन्यो : ‘अब राहदानी छपाइसँगै वितरण साविक अनुसार नै हुन्छ’

अ+ अ-

काठमाडौँ । राहदानी विभागले राहदानी पुस्तिकाको आपूर्ति र छपाइसँगै राहदानीको वितरण साविक अनुसार अर्थात् जेन जेड आन्दोलन पहिला भएको व्यवस्थालाई तालिकाअनुसार सम्बन्धित कार्यालयमा पठाइने भएको छ । 

अब उप्रान्त सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोगबाट राहदानीका लागि आवेदन दिने आवेदकको राहदानी समयमै छपाइ गरी पूर्ववत् रूपमा पठाउने व्यवस्था मिलाइएको विभागका सूचना अधिकारी केशवराज पन्थीले जानकारी दिए । 

तत्काल राहदानी आवश्यक परी विभागमा आवेदन दिन परेमा आवेदकको मागअनुसार पर्याप्त भेट समय खुला गरिएकाले आवेदन दिँदा आफूले रोजेको समयमा विभागमा उपस्थित भई सेवा प्रवाहमा सघाउनका लागि सम्पूर्ण सेवाग्राहीप्रति विभागले अनुरोध गरेको छ । 

जिल्ला/इलाका प्रशासन कार्यालयबाट कम्तीमा गत मङ्सिर १५ गतेसम्म आवेदन दिने आवेदकको राहदानी तयार गरी पठाइ सकिएको र त्यसपछि आवेदन दिने आवेदकको पुस २५ गतेसम्ममा पठाउने व्यवस्था मिलाइएको विभागले जनाएको छ । विभागले विदेशस्थित नेपाली नियोगबाट मङ्सिर मसान्तसम्म आवेदन दिने आवेदकको राहदानी वैयक्तिकरण गरी पठाइ सकिएको र अन्य आवेदकको हकमा नियमित तालिकाअनुसार पठाउने व्यवस्था मिलाउनुका साथै यही महिनाको २५ गते पश्चात् साविककै समय तालिकाअनुसार एक/दुई हप्ताको अन्तरमा छपाइ गरी सम्बन्धित कार्यालयमा पठाइने व्यवस्था मिलाइएको छ ।