काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गर्न भन्दै हल बुकिङ गराएपछि सभापति शेरबहादुर देउवा पक्षले असान्दर्भिक भनेको छ।
महामन्त्रीद्वयको निर्देशनमा पुस २७ र २८ लाई भृकुटीमण्डपको हल बुकिङ गरिएको छ। आजै उनीहरूले संयुक्त विज्ञप्ति निकालेर विशेष महाधिवेशन आह्वानको तयारी गरेका छन्। तर, महामन्त्रीहरूको कदमलाई प्रवक्ता डा. प्रकाशशरण महत असान्दर्भिक भएको टिप्पणी गर्छन्।
उनले भने, ‘उहाँहरू जिम्मेवारीमा हुनुहुन्छ। आफूलाई दिएको जिम्मेवारी पूरा गर्न नसक्ने अनि विशेष महाधिवेशन माग्ने कुरा त मिल्दैन नि। पार्टीले नियमित महाधिवेशनको कार्यतालिका ल्याइसकेको अवस्थामा विशेष महाधिवेशन हुँदैन।’
उनले आफूहरू एकताबद्ध भएर चुनावपछि महाधिवेशन गर्ने गरी अघि बढ्न चाहेको बताए।
उनले भने, ‘पार्टीलाई एकताबद्ध बनाएर जानुपर्छ भन्नेमा छौँ। चुनावअघि महाधिवेशनमा जाँदा पार्टीलाई क्षति गर्छ, हामी एकताबद्ध पार्टी बनाएर चुनाव जान चाहन्छौँ।’







