काठमाडौँ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा क्रिकेट बलले लागेर घाइते भएकी चियर लिडर अस्पताल भर्ना भएकी छन् ।
घाइते भएकी शर्मिला विकलाई बयोधा अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी परिसरले जनाएको छ । उनको अनुहारमा चोट लागेको छ ।
जनकपुर बोल्ट्ससँगको खेलमा चितवन राइनोजका कप्तान कुशल मल्लले छक्का हानेको बलले उनलाई लागेको थियो ।







