पर्सा । पटेर्वा सुगौली गाउँपालिका-२ रंगपुर टाडी टोलबाट अवैध लागू औषध गाँजा करिब १ सय ४ किलो ३ सय २५ ग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मकवानपुर भीमफेदी गाउँपालिका-८ धर्केमहाबिर टोल बस्ने ३२ वर्षीय भिम स्याङताङ र मकवानपुरगढी गाउँपालिका-१ आँपटार टोल बस्ने ३८ वर्षीय कुमार स्याङताङ रहेका छन् । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले मनवाबाट रङ्गपुरटाडीतर्फ आउँदै गरको बिएबि २३९८ नम्बरको गाडीमा १० वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक भिम र गाडीमा सवार कुमारलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।
उनीहरु दुबैलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







