२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डेडिकेटेड-ट्रंक लाइन विवादमा उद्योगको पक्षमा अन्तरिम आदेश

अ+ अ-

काठमाडौँ । पाटन उच्च अदालतले डेडिकेटेड तथा ट्रंक लाइन सम्बन्धी बक्यौता विवाद समाधानका क्रममा ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले प्रशासनिक पुनरावलोकन प्रक्रिया खारेज गरी उद्योगको लाइन काटेपछि दायर गरिएको रिटमा उद्योगको पक्षमा अन्तरिम आदेश दिएको छ।

रिलायन्स स्पिनिङ मिल्सले दायर गरेको रिटमा न्यायाधीशद्वय सोमकान्त मैनाली र कृष्णमुरारी शिवाकोटीको इजलासले रिटको अन्तिम टुंगो नलागेसम्म उद्योगको विद्युत् सेवा बिच्छेद नगर्न आदेश दिएको हो।

उद्योगले धरौटीका रूपमा एक किस्ता बराबर रकम बुझाएर लाइन जडान माग गरेपछि प्राधिकरणले पहिलो किस्ता आम्दानी गरेर सेवा जडान गरेको तथ्यलाई अदालतले आधार मानेको छ।

प्रधानमन्त्री सुशीला कार्की, ऊर्जा मन्त्रालय र उद्योगीबीच भएको मध्यमार्गी सहमतिअनुसार धरौटी बुझाएपछि पुनरावलोकन प्रक्रिया अघि बढाउने सरकारी पत्राचारलाई पनि अदालतले महत्त्वपूर्ण ठहर गरेको छ।

ऊर्जा मन्त्री बनेपछि कुलमान घिसिङले पुनरावलोकन प्रक्रिया खारेज गराई बक्यौता उठाउने कदम चालेका थिए। 

प्राधिकरणले असोजमा २१ दिनको अल्टिमेटम दिँदै कात्तिकमा उद्योगहरूको लाइन काटिदिएको थियो।

अदालतको यो आदेशले सात वर्षदेखि अल्झिएको डेडिकेटेड–ट्रंक लाइन विवाद कानुनी बाटोमै टुंगिने आशा बढाएको उद्योगीहरूको मत छ।