२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपसभामुखले प्रदेश सभाको बैठक बोलाएपछि सुरक्षा व्यवस्थामा कडाइ

अ+ अ-

काठमाडौँ । उपसभामुख बबिता राउत ईशरले आव्हान गरेको मधेश प्रदेश सभाको बैठकको सम्भावित सुरक्षा चुनौतीलाई लिएर प्रहरी अलर्ट गरिएको छ ।

सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वास प्रस्तावमाथिको प्रक्रिया अगाडि बढाउन उपसभामुखले दिउँसो १ बजेबाट बैठक आव्हान गरेकी छन् ।

बैठक सञ्चालनको अन्तिम तयारी भइरहँदा मधेश भवन अगाडि प्रहरीको बाक्लो उपस्थिति छ । इन्स्पेक्टर विक्रम साहको कमाण्डमा त्यहाँ प्रहरी परिचालन गरिएको हो । बाहिर हतियारी सुरक्षाकर्मी र भित्र मर्यादापालकको बाक्लो उपस्थिति छ ।

२ सातादेखि अस्तव्यस्त बनेको मधेश प्रदेशको राजनीति अझै सङलिएको छैन । यहाँ एमाले एकातिर र अरू सबै दल अर्कोतिर उभिएका छन् । प्रदेश प्रमुखबाट मुख्यमन्त्री नियुक्ति, केन्द्र सरकारबाट प्रदेश प्रमुख परिवर्तन र मुख्यमन्त्रीविरुद्धको सर्वोच्च अदालतको मुद्दाले मधेशको राजनीति गर्माएको हो ।

सँगै सभामुखलाई हटाउन मागसहित ७ राजनीतिक दलले बुझाएको अविश्वासको प्रस्ताव कायमै छ । हिजो विपक्षी दलका २५ प्रतिशत सांसदहरूले हस्ताक्षर गरेर उक्त प्रस्तावमाथि छलफल चलाउन सदन डाक्न आग्रह गरेका थिए ।

यता सर्वोच्च अदालतले सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णयविरुद्धको रिटमा अन्तरिम आदेश दिएको छ ।

सभामुख मण्डलले भने बैठक आह्वान गर्ने जिम्मेवारी सचिवको रहेको बताउँदै उपसभामुखले विधि र प्रक्रिया मिचेको बताएका छन् । एमाले पनि शक्ति प्रदर्शनसहित सडकमा आएको छ । साथै ७ दल पनि संघर्षमा रहेकाले मुठभेडको सम्भावना देखिएको छ ।