काठमाडौँ । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा तारा बहादुर निरौला नियुक्त भएका छन् ।
कोशी प्रदेश सरकारको आज बसेको मन्त्रीपरिषद् बैठकले निरौलालाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । एक महिना अघि योजना आयोगका उपाध्यक्ष पद बाट राजीनामा गरेसँगै सो पद रिक्त रहेको थियो ।
उपाध्यक्षमा नियुक्त निरौला यस अघि सप्तकोशी डेभलपमेन्ट बैंकका अध्यक्ष थिए ।







