२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारलाई पाँच वर्ष टिकाउनको लागि विश्वप्रकाश शर्माले अघि सारे ५ सुझाव

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारलाई पाँच वर्ष टिकाउनको लागि ५ सुझाव अघि सारेका छन्। जारी केन्द्रीय समितिमा आफ्नो धारणा राख्दै यस्तो प्रस्ताव अघि सारेका हुन्।

उनले भने, ‘आमनिर्वाचनमा प्रत्यक्ष तर्फको सिट र लोकप्रिय मतको आधारमा बन्ने पहिलो दलले सरकारको नेतृत्व गर्ने र सरकार गठन गर्ने (अर्थात्-दोस्रो र तेस्रो या अन्य दल पुरै अवधि सरकार बाहिर विपक्षमा बस्ने)।’

पहिलो दललाई सामान्य बहुमत नपुगेको स्थितिमा विनर्स टेक अलको सिद्धान्त बमोजिम निर्वाचन अघि नै आयोगमा बुझाइएको विज्ञहरूको नामबाट अपुग सिट पहिलो दलले प्राप्त गर्ने उनको प्रस्ताव छ।

पहिलो दलले संसदीय दलबाट चयन गरेको सांसद संसदीय दलको नेता हुँदै नेपालको प्रधानमन्त्री बन्ने, मन्त्रिपरिषद्को गठन एकै चरणमा गर्ने, प्रधानमन्त्रीले मन्त्रीको चयन सम्बन्धित मन्त्रालयको विज्ञताका आधारमा गर्ने उनको प्रस्तावमा छ।

प्रधानमन्त्रीले शपथ ग्रहण गरेको मितिले १० दिनभित्र संसद्मा विश्वासको मत लिने र दुई वर्ष पुगेपछि त्यसको ३० दिनभित्र पुन विश्वासको मत लिने जसले गर्दा दुईबर्षे कामको निश्चित सूचकहरूका आधारमा मात्रै विश्वासको मत पाउने/नपाउने ढुंगो लाग्ने उनको भनाइ छ।

त्यसरी दोस्रो पटक पनि विश्वासको मत पुनः प्राप्त गरेको अवस्थामा प्रधानमन्त्रीले बाँकी अवधि देशको नेतृत्व गर्ने उनले बताए। कोही पनि व्यक्ति दुई पटक मात्रै प्रधानमन्त्री बन्न सक्ने उनको प्रस्ताव छ।

निर्वाचन क्षेत्रको पुनरावलोकन गरेर संघ र प्रदेश दुवैमा निश्चित आकार घटाउनुपर्ने बताए।

उनले भने, ‘संघमा ११ र प्रदेशमा ५ सदस्यीय मन्त्रिमण्डल बनाउने, संवैधानिक परिषद् मार्फतबाट हुँदै आएका नियुक्ति मध्ये कतिपयलाई खुला प्रतिस्पर्धा मार्फत निश्चित सूची तय गरेर अन्तिम छनौटमा पुग्ने, अख्तियारको पुनर्संरचना गर्न अनिवार्य जरुरी छ।’