काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा हिरासतबाट फरार दुई थुनुवा आज आफ्नै घरबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-८ का ३३ वर्षीय सरोज पौडेल र सोही ठाउँका २५ वर्षीय पंकराज मैनाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए ।
जेन जेड आन्दोलनका क्रममा दुवै थुनुवा विर्तामोडको अनारमनी इलाका प्रहरी कार्यालयको हिरासतबाट भागेका थिए । दुवै थुनुवा लागुऔषध कसुरमा अनुसन्धानका लागि हिरासतमा राखिएका थिए । पक्राउपछि दुवैलाई पुनः इप्रका अनारमनीमा ल्याइएको छ ।
यसअघि बाह्रदशी गाउँपालिका-४ रामचोकमा डेरा गरी बस्दै आएका २७ वर्षीय ईसरप खातुन र सोही वडाका २२ वर्षीय विकास टुडु जेन जेड आन्दोलनमा लुटिएको हतियारका गोलीसहित पक्राउ परेका थिए ।







