२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्तो छ प्रहरी महानिरीक्षक कार्कीको जीवनी 

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीका ३३ औँ महानिरीक्षकमा दान बहादुर कार्की नियुक्त भएका छन्। नेपाल सरकारको मन्त्रिपरिषद्को २०८२ कात्तिक २४ गतेको निर्णयअनुसार कार्की सर्वोच्च प्रहरी पदमा पुगेका हुन्।

गुल्मी जिल्लाको साबिक घमिर(५), हाल मालिका गाउँपालिका वडा नं. ७मा जन्मेका कार्कीका पिता कृष्ण बहादुर कार्की र माता चन्द्रकला कार्की हुन्। उनी वि.सं. २०२९ साउन १५ मा जन्मेका थिए। कार्कीका श्रीमती नबिना कार्की र दुई छोरीहरू छन्।

प्रहरी सेवामा कार्कीले वि.सं. २०५४ चैत १८ गते निरीक्षक पदबाट यात्रा सुरु गरेका थिए। साहसी र दक्ष नेतृत्व क्षमताका अधिकारीका रूपमा चिनिएका उनी २०६६ मंसिर २६ गते नायव उपरीक्षक, २०७४ साउन १९ गते उपरीक्षक, २०७९ साउन ३ गते वरिष्ठ उपरीक्षक, २०८१ जेठ १३ गते नायव महानिरीक्षक र २०८२ वैशाख ११ गते अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएका थिए।

राजनीति शास्त्रमा स्नातकोत्तर गरेका कार्कीले राष्ट्रिय सुरक्षा, अपरेशनल कमाण्ड, सार्वजनिक विरोधमा कानुन कार्यान्वयन, विशिष्ट व्यक्तिको सुरक्षा, मानवअधिकार कार्यान्वयन, कोल्याप्स्ड स्ट्रक्चर सर्च एण्ड रेस्क्यू, प्रशिक्षक तालिम, मेडिकल फर्स्ट रिस्पोन्डर, अपराध अनुसन्धान लगायत २२ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गरेका छन्।

उनी प्रवल जनसेवा श्री, संयुक्त राष्ट्र संघ पदक लगायत विभिन्न सम्मानबाट विभूषित छन्। उत्कृष्ट व्यावसायिक कार्यका लागि उनले विभिन्न समयमा नगद पुरस्कार र प्रशंसा पत्र प्राप्त गरिसकेका छन्।

कार्कीले प्रहरी निरीक्षक र नायव उपरीक्षक हुँदा जिल्ला प्रहरी कार्यालय रुकुम, तनहुँ, इलाका प्रहरी कार्यालय काँकडभिट्टा, आँबुखैरेनी, अञ्चल प्रहरी कार्यालय महाकाली, पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखरा, इलाका प्रहरी कार्यालय बुटवल, महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर, जिल्ला प्रहरी कार्यालय सप्तरी, लागू औषध नियन्त्रण ब्युरो कोटेश्वर, महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ, प्रहरी प्रधान कार्यालय लगायतका युनिटमा जिम्मेवारी सम्हालेका थिए।

उपरीक्षक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की र कपिलवस्तुमा आफ्नो जिम्मेवारी निभाएका थिए। वरिष्ठ उपरीक्षक हुँदा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, प्रहरी प्रधान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँमा कार्यरत थिए।

नायव महानिरीक्षक पदमा उनले नेपाल प्रहरी प्रधान कार्यालय र लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको कमाण्ड सम्हाले। अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएपछि मानव स्रोत विभाग र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको नेतृत्व गरेका छन्।