काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापा भारतको दार्जिलिङ प्रस्थान गरेका छन् ।
१४ देखि १६ नोभेम्बरसम्म सञ्चालन हुने ‘दार्जिलिङ जिमखाना ओपन टेनिस टुर्नामेन्ट–२०२५ मा सहभागी हुन थापा त्यसतर्फ प्रस्थान गरेका हुन् ।
थापाले ६० वर्ष उमेर समूहको सिङ्गल र डबल्स दुवैमा सहभागिता जनाउने छन् । थापा टेनिसको भेट्रान्स तर्फ नेपालको शीर्ष खेलाडी हुन् ।







