काठमाडौँ । सरकारले कर्मचारीहरूका लागि साइबर सुरक्षा एडभाइजरी जारी गरेको छ।
राष्ट्रिय साइबर सुरक्षा केन्द्रले संघीय, प्रादेशिक तथा स्थानीय स्तरका सूचना प्रविधि प्रणाली प्रयोगकर्ता तथा प्रणाली सञ्चालनकर्ता कर्मचारीहरूका लागि साइबर सुरक्षा एडभाइजरी जारी गरेको हो ।
सरकारी सिस्टमका प्रयोगकर्ता र डेटाबेस तथा सिस्टम सञ्चालनकर्तालाई नयाँ एडभाइजरी जारी गरिएको हो। सरकारी सिस्टम प्रयोगकर्ताहरूलाई प्रत्येक अकाउन्टका लागि कम्तीमा १२ अक्षरको स्पेसल क्यारेक्टर सहितको पासवर्ड राख्न अथवा पासवर्ड म्यानेजर प्रयोग गर्न भनिएको छ।
सम्भव भएसम्म मल्टी फ्याक्टर अथिन्टिकेशन प्रयोग गर्न, प्रयोग गरिएका अकाउन्टमा स्क्रिन लक, पासवर्ड तथा प्याट्रन अनिवार्य राख्न भनिएको छ।







