२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आन्दोलनलाई क्रान्तिमा बदल्न भूमिका खेलेको भन्दै जेनजी युनाइटेडद्वारा बालेनप्रति धन्यवाद ज्ञापन

अ+ अ-

काठमाडौँ । जेनजी आन्दोलनलाई दिशानिर्देश गरेर क्रान्तिमा बदल्न योगदान दिएको भन्दै जेनजी युनाइटेडले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहप्रति धन्यवाद ज्ञापन गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै जेनजी यूनाइटेडले बालेनलाई धन्यवाद दिएको हो ।

वक्तव्यमा भनिएको छ, ‘जेनजी आन्दोलनको क्रममा उत्पन्न अन्योलताका बीच प्रत्यक्ष, अप्रत्यक्ष रूपमा सही दिशानिर्देश गर्ने र आन्दोलनलाई क्रान्तिमा रूपान्तरण गर्न दृढ अडान लिने युवा नेता श्री बालेन्द्र शाहलाई जेनजी युनाइटेड हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।’

संगठनका केन्द्रीय संयोजक किरण बिकद्वारा जारी वक्तव्यमा बालेन शाहको भूमिकालाई ‘ऐतिहासिक र निर्णायक’ भन्दै सराहना गरिएको छ । विकका अनुसार साहले आन्दोलनका विभिन्न चरणमा युवालाई संयम, संवाद र शान्तिपूर्ण परिवर्तनतर्फ उन्मुख गराउने नेतृत्व प्रदर्शन गरेका थिए ।

युनाइटेड जेनजीले भदौ २३ र २४ को आन्दोलनलाई नेपाली जनताको साहस र दमनविरुद्धको प्रतिरोधको प्रतीकका रूपमा व्याख्या गर्दै राष्ट्रपति, प्रधानमन्त्री, सेनापति र सुरक्षा संस्थाहरूप्रति पनि आभार प्रकट गरेको छ ।

विज्ञप्तिमा सबै जेनजी समूह र नागरिकलाई ‘युनाइटेड जेनजी नयाँ नेपाल निर्माणको हातेमालो’ अभियानमा सहभागी हुन आह्वान गरेको छ ।